default_image

7 years ago

May 18, 2018

सन्दीपले लिए रैनाको विकेट

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । सन्दिपले बलिङमा राम्रो सुरुवात गरे ।

खेलको दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो व्यक्तिगत पहिलो ओभरमा २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल फालेका थिए । खेलको १२ औं र आफ्नो दोस्रो ओभरमा भारतका दुई निकै अनुभवी ब्याट्सम्यान महेन्द्र सिंह धोनी र सुरेश रैनालाई बलिङ गर्दै ६ रन खर्चे ।

आफ्नो तेस्रो ओभरको पहिलो बलमै सन्दीप रैनाको विकेट लिन सफल भए । चेन्नाईको १३ ओभर १ बल को समाप्तीमा ३ विकेटको क्षतिमा ९० रन रहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको योग्फल तयार पारेको थियो । दिल्लीका लागि रिसभ पन्तले ३८ रन तथा अन्त्यमा हर्सल पटेल र विजय शंकरले समान ३६ रन बनाएका थिए ।

चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्ली भने ६ अंक सहित तालिकाको अन्तिम स्थानमा रहेको छ ।

यस भन्दा अघिल्लो खेलमा सन्दिप लामिछानेले डेब्यु गर्दै प्रभावकारी प्रदर्शन गरेका थिए । उनले भारतीय ब्याट्सम्यान पार्भिव पटेलको विकेट लिँदै ४ ओभरमा केवल २५ खर्चेका थिए । निकै प्रशंसा पाएका सन्दीपको सो खेलमा इकोनमी सबैभन्दा उत्कृष्ट पनि रहेको थियो ।

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

January 20, 2025

महिला पिएम कप – रुबिनाको अर्धशतकमा कोशीको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]

January 20, 2025

यु १९ महिला विश्व कप – नेपालको लगातार दोस्रो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]

Success

Thank you for your time.