7 years ago
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएलको ५२ औं खेलमा आज दिल्ली डेरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको योग्फल तयार पारेको छ ।
दिल्लीका लागि लयमा रहेका रिसभ पन्तले ३८ रन बनाए । त्यस्तै अन्त्यमा विजय शंकर र हर्सल पटेलले अवजित ३६-३६ रन जोडे । ओपनरद्वय पृथ्वी श (१७ रन) र श्रेयस ऐयर (१९ रन) क्रिजमा धेरै समय जम्न सकेनन् भने ग्लेन म्याक्सवेल ५ रनमै आउट भएका थिए । चेन्नाईका लागि लुङि गिडीले २ विकेट लिए भने दिपर्क चहर, श्रदुल ठाकुर र रविन्द्र जडेजाले १-१ विकेट लिए ।
चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष २ मा रहने पक्का हुनेछ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्ली भने तालिकाको अन्तिम स्थानमा रहेको छ । १२ खेलबाट दिल्लीको केवल ६ अंक रहेको छ ।
यस भन्दा अघिल्लो खेलमा पहिले ब्याटिङ गर्दै १ सय ८१ रन जोड्न सफल रहे पनि दिल्ली रोयल च्यालेन्जर्स बेंग्लौरसँग हार्न पुगेको थियो । सो खेलमा दिल्लीका लागि नेपाली स्पिनर सन्दिप लामिछानेले डेब्यु गर्दै प्रभावकारी प्रदर्शन गरेका थिए । उनले भारतीय ब्याट्सम्यान पार्भिव पटेलको विकेट लिँदै ४ ओभरमा केवल २५ खर्चेका थिए ।
सुरुवाती ११ मा केवल ४ विदेशी खेलाडी राख्ने नियम भएकाले पहिलो ११ खेलमा सन्दिपलाई सुरुवाती ११ मा स्थान बनाउन मुस्किल भएको थियो । तर बैंग्लोरविरुद्धको राम्रो प्रदर्शनपछि उनले फेरी टोलीमा स्थान बनाएका छन् ।
विश्वका दुई उत्कृष्ट खेलाडी विराट कोहली र एबी डि भिलियर्सलाई बलिङ गरेका सन्दिपले आजको खेलमा महेन्द्र सिंह धोनी, शेन वाट्सन र सुरेश रैनाजस्ता विश्वस्तरिय खेलाडीलाई बलिङ गर्ने छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]