7 years ago
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ को ५२ औं खेलमा आज दिल्ली डेयरडेभिल्स चेन्नाई सुपर किङ्सको सामना गर्दै छ । खेल नेपाली समयअनुसार ८.१५ बजे सुरु हुने छ ।
चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष २ मा रहने पक्का हुनेछ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्ली भने तालिकाको अन्तिम स्थानमा रहेको छ । १२ खेलबाट दिल्लीको केवल ६ अंक रहेको छ ।
यस भन्दा अघिल्लो खेलमा पहिले ब्याटिङ गर्दै १ सय ८१ रन जोड्न सफल रहे पनि दिल्ली रोयल च्यालेन्जर्स बेंग्लौरसँग हार्न पुगेको थियो । सो खेलमा दिल्लीका लागि नेपाली स्पिनर सन्दिप लामिछानेले डेब्यु गर्दै प्रभावकारी प्रदर्शन गरेका थिए । उनले भारतीय ब्याट्सम्यान पार्भिव पटेलको विकेट लिँदै ४ ओभरमा केवल २५ खर्चेका थिए ।
सुरुवाती ११ मा केवल ४ विदेशी खेलाडी राख्ने नियम भएकाले पहिलो ११ खेलमा सन्दिपलाई सुरुवाती ११ मा स्थान बनाउन मुस्किल भएको थियो । तर बैंग्लोरविरुद्धको राम्रो प्रदर्शनपछि उनले फेरी टोलीमा स्थान बनाएका छन् ।
विश्वका दुई उत्कृष्ट खेलाडी विराट कोहली र एबी डि भिलियर्सलाई बलिङ गरेका सन्दिपले आजको खेलमा महेन्द्र सिंह धोनी, शेन वाट्सन र सुरेश रैनाजस्ता विश्वस्तरिय खेलाडीलाई बलिङ गर्ने छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । एपिएफको […]