7 years ago
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितार्लाइ अस्ट्रेलियाको एक्सेल्सिया कलेजले मुख्य प्रायोजन गरेको छ । नेपालयका प्रबन्ध निर्देशक सुवास प्रधान र एक्सेल्सियाका मार्केटिङ हेड बबी अब्राहमले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कलेजले २४ हजार अस्ट्रेलियन डलर प्रायोजन गरेको बताइएको छ । सिग्नेचरले प्रतियोगितालाई सह प्रायोजन गरेको बताइएको छ । तर, सह प्रायोजनको रकम भने खुलाइएको छ । सोहि कार्यक्रममा प्रतियोगितामा सहभागी टोलीका खेलाडीले लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो । एक्सेल्सियाका अब्राहम र नेपालय प्रधानले सार्वजनिक गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपालय इन्टरनेशनलको ब्यवस्थापनमा प्रधानमन्त्री कप जेठ १३ गते कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । सात प्रदेश र ३ विभागिय टोली गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
त्रिभुवन आर्मी क्लब, एपिएफसहित समूह ‘ए’ मा प्रदेश नम्बर १, २ र ४ छन् । त्यस्तै नेपाल पुलिस क्लब प्रदेश नं ३,५, ६ र ८ समूह ‘बी’मा छन् । प्रतियोगिताको उद्घाटन खेल एपिएफ र प्रदेश नं ४ बीच हुनेछ । प्रधानमन्त्री कपको विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, म्यान अफ द सिरिजलाई १ लाख, उत्कृष्ट व्याट्स्म्यान र बलरलाई समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उदयीमान खेलाडीलाई १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । एपिएफको […]