default_image

7 years ago

May 17, 2018

सन्दीपलाई पछि पार्दै पारस वर्षको उत्कृष्ट खेलाडी

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर वर्षको उत्कृष्ट खेलाडी’  भएका छन्। इण्डोनेसियाको पर्सिजा जाकार्ताबाट राम्रो प्रदर्शन गर्दै गरेका मिडफिल्डर रोहित चन्द लगायत दिपेश धामी(ब्याडमिन्टन), इन्द्र बहादुर श्रेष्ठ (जुडो), सन्दीप लामीछाने र गल्फका टंक बहादुर कार्की पारससँगै मनोनयनमा परेका थिए। 

Paras Khadka

नेपाले पहिलो पटक एक दिवसिय मान्यता पाउँदा पारसको प्रदर्शन महत्वपूर्ण रह्यो। पारस विश्व क्रिकेट लिग डिभिजन टू मा १ शतक र १ अर्धशतक प्रहार गर्दै प्रतियोगिताको  सर्वाधिक रन बनाउने खेलाडी हुन्।

मनोनयनमा परेका सम्पूर्ण खेलाडीहरु :

पारस खड्का, क्रिकेट
–नेपाललाई वान डे इन्टरनेसनल मान्यता दिलाउने कप्तान
–वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १ शतक र १ अर्धशतकसहित २४१ रन । सर्बाधिक रन बनाउने खेलाडी
–आइसीसी विश्वकप छनोटमा २३१ रन । अफगानिस्तान र स्कटल्याण्डविरुद्ध अर्धशतक
–घरेलु क्रिकेटमा टिम चौराहा धनगढीलाई धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो संस्करण र विराटनगर वारियर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो संस्करणको च्याम्पियन बनाउन महत्वपूर्ण योगदान

दीपेश धामी, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा शोभा गौचनस“गै मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा शोभा गौचनस“गै मिक्स डबल्समा उपविजेता । मेन्स सिंगल्समा क्वाटरफाइनल पुग्ने एक्लो नेपाली
–असम यू–२१ क्षेत्रीय प्रतियोगितामा सिंगल्समा कांस्य पदक । मेन्स डबल्स र टिम इभेन्टमा रजत पदक
–घरेलु प्रतियोगितामा २ स्वर्ण पदक

सन्दीप लामिछाने, क्रिकेट
–नेपाली क्रिकेट टिमका लागि एक बर्षमा सर्बाधिक विकेट लिने खेलाडी । राष्ट्रिय टिमबाट ३५ सहित कुल ८४ विकेट
–आइसीसी एसिया यू १९ विश्वकप छनोटमा २४ विकेट । कुनै पनि उमेर समूह वा सिनियर टिमका लागि एउटै प्रतियोगितामा सर्बाधिक विकेट लिने कीर्तिमान
–आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिदै सर्बोत्कृष्ट खेलाडी घोषित
–विश्वकप छनोटमा केन्याविरुद्ध २० रन दिएर ५ विकेट लिदै लिस्ट ए क्रिकेटमा नेपालको लागि उत्कृष्ट बलिङको कीर्तिमान
–इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगको टिममा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर

इन्द्र बहादुर श्रेष्ठ, जुडो
–थाइल्यान्ड इन्टरनेसनल जुडो च्याम्पियनसिपमा स्वर्ण पदक
–बीकेएसपी जुडो च्याम्पियनसिप, बंगलादेशमा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी
–अम्बिका क्षत्री स्मृति जुडो च्याम्पियनसिपमा स्वर्ण पदकसहित सर्बोत्कृष्ट खेलाडी

टंक बहादुर कार्की, गल्फ
–भुटान ओपन गल्फको उपाधि विजेता । व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–नेपाल ओपन एमेच्योर च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–राखेप च्याम्पियनसिपमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण पदक
–सूर्य नेपाल गल्फ टुरका ३ प्रतियोगितामा विजेता

 

 

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

January 20, 2025

महिला पिएम कप – रुबिनाको अर्धशतकमा कोशीको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]

January 20, 2025

यु १९ महिला विश्व कप – नेपालको लगातार दोस्रो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]

Success

Thank you for your time.