default_image

7 years ago

May 17, 2018

क्रिकेटर करण केसीलाई स्पेशल अवार्ड

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी करण केसी स्पेशल अवार्डबाट सम्मानित भएको छ ।

Karan KC

वर्ष २०७४ मा खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डबाट सम्मानित गरेको हो । करणले गत माघमा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

६ टोली सहभागि प्रतियोगिताको फाइनल पुग्न सके नेपालले अर्को वर्ष हुने विश्वकप छनोट खेल्न पाउथ्यो । अन्तर्राष्ट्रिय स्तरमा अरु धेरै अवसरका ढोका खुल्थे ।

सुरुआत गतिलो नहुँदा फाइनल पुग्ने अभियान धर्मराएको थियो । समूहको अन्तिम खेलमा विपक्षी थियो, क्यानाडा । क्यानाडाले पहिला ब्याटिड गरेर १ सय ९४ रन बनाइसकेको थियो । ब्याटिडमा सधै कमजोर भनिएको नेपाललाई १ सय ९५ रनको लक्ष्य सगरमाथाझै अग्लो थियो । अझ ४२.१ ओभरमा १ सय ४४ रन बनाउँदा ९ विकेट गएपछि नेपालको लक्ष्य असम्भवझै देखिन थाल्यो । किनकी लक्ष्य पाउनका लागि पुछारका दुई ब्याट्सम्यानबाट अविजित ५१ रनको साझेदारी हुनुपथ्र्यो । करणले त्यस्तै इनिङ्स खेले । असम्भव झै देखिएको त्यो लक्ष्यप्राप्तीको बाटोमा नेपालको रथ हाँकिरहेका थिए, करण केसी र सन्दीप लामिछानेले तैपनि १० नम्बरमा ब्याटिड गर्न आएका अलराउन्डर करणले खेल जिताउनेमा धेरैले आशा गरेका थिएनन । तर करणमा त्यो खुबी थियो । ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रन बनाएर उनले आफ्नो खुबी प्रमाणित गरे । नेपाललाई जित दिलाए ।

त्यो जित नेपालका लागि फगत एउटा खेलको जित थिएन । त्यही जितले नेपाललाई कम्तिमा प्रतियोगिताको उपविजेता बनाउँदै विश्वकप छनोट प्रतियोगिता खेल्न लायक बनाएको थियो । इतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटोमा सुखद मोड दिएको थियो । त्यसैले त्यो दिन, त्यो खेल करणका लागि विशेष थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि विशेष थियो । नेपाली क्रिकेटका लागि विशेष थियो । नेपाली खेलकुदका लागि विशेष थियो । पूरा देशकै लागि विशेष बनेको थियो ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.