7 years ago
May 16, 2018
कोलकाता (एजेन्सी)– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ ओभर बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
लिग चरणको एक खेल बाँकी रहँदा जितपछि कोलकाता (१४ अंक) तेस्रो स्थानमा थप मजबुद भएको छ भने चौथो स्थानको राजस्थानको १२ अंक छ । पाँचौं स्थानको किङ्स ११ पञ्जाबको पनि १२ अंक छ ।
मध्यम लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि कप्तान दीनेश कार्तिकले अविजित ४१ रन जोडे । त्यसअघि ओपनर क्रिस लेनले टोलीका लागि सर्वाधिक ४५ रनको योगदान गरे । अर्का ओपनर सुनिल नारिन र नितेश रानाले समान २१ रन तथा आन्द्रे रसेलले अविजित ११ रन बनाए ।
लेनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कार्तिकले ३१ बल खेल्दै ५ चौका र १ छक्का नै प्रहार गरे । राजस्थानका बेन स्टोक्सले ३ र इश सोदीले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
राहुल त्रिपाठी र जोस बट्लरले पहिलो विकेटका लागि ६३ साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यानले इनिङ सम्हाल्न सकेनन् । बट्लरले टोलीका लागि सर्वाधिक ३९ रन जाडे भने त्रिपाठीले २७ रन बनाए । बट्लरले २२ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
त्रिपाठीले १५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै टोलकिा जयदेव उन्ड्कटले २६ रन थपे । १८ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । कप्तान अजिन्के रहानेले ११, सञ्जु सामसनले १२ र बेन स्टोक्सले ११ रन बनाए ।
कोलकाताका कुलदीप यादवले ४, आन्द्रले रसेल र प्रसिद्ध कृष्णले समान २ तथा शिवम माभी र सुनिल नारिनले समान १ विकेट लिए । आइपिएलमा बुधबार मुम्बई इन्डियन्स र किङ्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशमाथी २ विकेटको जित हात पारेको हो । मधेशले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बिहीवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।