7 years ago
May 14, 2018
इन्दोर (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किङ्स ११ पञ्जाबलाई सहजै हराउँदै प्ले अफको सम्भावनालाई जीवित राखेको छ । ८९ रनको लक्ष्य पछ्याएको बैंगलोरले ८.१ ओभरमा विना विकेटको क्षति ९२ रन बनाउँदै १० विकेटको जित हासिल गर्यो ।
जितपछि पनि सातौं स्थानमा यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं स्थानको मुम्बई इन्डियन्सको पनि १० अंक छ । समान १२ अंक भएपछि पञ्जा पाँचौं स्थानमा झर्दा राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ । तेस्रो स्थानको कोलकाता नाइट राइजर्सको पनि १२ अंक छ ।
बैंगलोरका कप्तान विराट कोहली ४८ र पार्थिव पटेल ४० रनमा अविजित रहँदै टोलीलाई जित दिलाए । २८ बल खेलेका ६ चोका र २ छक्का प्रहार गरे । २२ बल खेल्दै पार्थिवले ७ चौका प्रहार गरे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १५.१ ओभरमा सबै विकेट गुमाएर ८८ रन जाडेको थियो । तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सकेको खेलमा पञ्जाबका ३ खेलाडी रन आउट भएका थिए ।
बैंगलोरका लागि उमेश यादवले ३, मोहम्मद सिराज, युजभेन्द्र चाहाल, कोलिन डी ग्रान्डहोमने र मोइन अलीले मान १ विकेट लिए । पञ्जाबका लागि लोकेश राहुलले २१, क्रिस गेलका १८ र आरोन फिन्चले २६ रन जोडे । १५ बल खेलेका राहुलले ३ छक्का प्रहार गरे ।
गेलले १४ बलमा ४ चौका तथा फिन्चले २३ बलमा २ छक्का र १ चौका प्रहार गरे । शीर्षस्थानको सनराइजर्स हैदराबाद (१८) र चेन्नई सुपर किङ्स (१६) प्ले अफका लागि छनोट भएका छन् । आइपिएलमा मंगलबार कोलकाता र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशमाथी १४ रनको जित हासिल गर्यो । लुम्बिनीले दिएको २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । एपिएफको […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बिहीवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]