7 years ago
May 14, 2018
इन्दोर (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरका बलरले कसिलो बलिङपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किङ्स ११ पञ्जाब १५.१ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा अलआउट भएको छ ।
तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सकेको खेलमा पञ्जाबका ३ खेलाडी रन आउट भएका थिए । बैंगलोरका लागि उमेश यादवले ३, मोहम्मद सिराज, युजभेन्द्र चाहाल, कोलिन डी ग्रान्डहोमने र मोइन अलीले मान १ विकेट लिए । पञ्जाबका लागि लोकेश राहुलले २१, क्रिस गेलका १८ र आरोन फिन्चले २६ रन जोडे ।
१५ बल खेलेका राहुलले ३ छक्का प्रहार गरे । गेलले १४ बलमा ४ चौका तथा फिन्चले २३ बलमा २ छक्का र १ चौका प्रहार गरे । १२ अंकसहित पञ्जाब तेस्रो स्थानमा छ भने ८ अंकसहित सातौं स्थानमा रहेको बैंगलोरले प्ले अफको सम्भावना जीवित राख्न आजको खेल जित्दै पर्ने हुन्छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बुधवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]