7 years ago
May 13, 2018
मुम्बई (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार जितका लागि राजस्थान रोयल्सलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले इभिन लेविसको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।
टोलीलाई मजबुद सुरुवात दिलाउने क्रममा सूर्यकुमार यादव र लेविसले ८७ रनको साझेदारी गरेका थिए । सूर्यकुमार ३८ बल रन बनाउँदै आउट भएका थिए । उनले ३१ बलमा ७ चौका प्रहार गरे । ४२ बल खेलेका लेविसले ४ छक्का र त्यत्तिनै चौकाको मद्दतमा ६० रनको योगदान गरे ।
कप्तान रोहित शर्मा खाता नखोल्दै आउट भएपनि हार्दिक पाण्डेयले ३६ रन बनाए । हार्दिकले २१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । बेन कटिङले अविजित १० रन बनाए ।
राजस्थानका लागि जोफ्रा, बेन स्टोक्स तथा धवाल कुलकर्णीी र जयदेव उन्डकटले समान १ विकेट लिए । प्ले अफ पुग्न सम्भावनालाई जीवित राख्न मुम्बई र राजस्थान दुवैलाई यो खेल उत्तिकै महत्वपूर्ण छ । समान १० अंक भएका मुम्बई पाँचौं र राजस्थान छैटौं स्थानमा छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशमाथी २ विकेटको जित हात पारेको हो । मधेशले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बिहीवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।