default_image

7 years ago

May 13, 2018

चेन्नईको जितमा रायडुको शतक, प्लेअफ पक्का

67 views

0 Bookmark

पुने (एजेन्सी) – सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नई सुपरकिङ्स आइपिएलको प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली बनेको छ। यसअघि हैदरावादनै प्लेअफमा पुग्ने पहिलो टोली हो। 

rayudu

चेन्नईको जितमा अम्बाती रायाडुले शतक प्रहार गरे। उनले ६२ बलको सामना गर्दै ७ चौका र ७ छक्का प्रहार गरेर शतक पुरा गरे।टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको चेन्नईले १ सय ८० रनको लक्ष्य २ विकेट गुमाउँदै १९ ओभरमा पार गर्यो। ओपनर शेन वाट्सन र रायडुबीच १ सय ३४ रनको साझेदारीले चेन्नईको जित सहज बनायो। वाट्सन ५७ रन बनाउँदै रन आउट भए।

त्यसअघि पहिलो इनिङ्समा हैदरावादले ४ विकेट गुमाउँदै १ सय ७९ रन बनायो। ओपनर शेखर धवनले ७९ तथा कप्तान केन विलियनसनले ५१ रन बनाएका थिए।

जितसँगै १२ खेलमा १६ अंक सहित चेन्नई दोस्रो स्थानमा छ। हैदरावादभने १८ अंकसहित अंक तालिकाको शिर्षस्थानमा छ।

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

March 13, 2025

कमलको अलराउण्ड प्रदर्शनमा एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । एपिएफको […]

March 13, 2025

आर्मीको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बिहीवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]

Success

Thank you for your time.