7 years ago
May 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – करिब ४ महिना अघि सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेयता नेपाली क्रिकेट समर्थकहर उनको ‘डेब्यू’को प्रतिक्षामा थिए।
दिल्लीको ८ अप्रिलमा किङ्स एलेभेन पञ्जाबविरुद्ध २०१८ आइपिएलको पहिलो खेलदेखि नेपाली समर्थकहरु सन्दीपले मौका पाउने आशामा बसेका थिए। तर नेपाली समर्थकहरुको धैर्यताको परिक्षण लिँदै दिल्लीले पहिलो ११ खेलमा सन्दीपलाई खेल्ने अवसर दिएन। तर प्लेअफमा स्थान बनाउने सम्भावना न्यून भैसकेपछि सन्दीपले दिल्लीको १२ औं खेलमा डेब्यू गर्ने अवसर पाए। दक्षिण अफ्रिकी फास्ट बलर जुनियर डाला र भारतीय यू-१९ टोलीका सदस्य अभिषेक शर्मासँगै सन्दीपले पनि पहिलो पटक आइपिएलमा खेल्ने अवसर पाए।
दक्षिण अफ्रिकी फास्ट बलर जुनियर डाला र भारतीय यू-१९ टोलीका सदस्य अभिषेक शर्मासँगै सन्दीपले पनि पहिलो पटक आइपिएलमा खेल्ने अवसर पाए।
चितवनको क्याम्पा चौरबाट आइपिएल यात्रा तय गरेका सन्दीपले पहिलो अवसरलाई खेर फालेनन्। उनले डेब्यूमा ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिने क्रममा १० डट बल गरे।
टस हारेपछि पहिले ब्याटिंङ गरेपछि रोयल च्यालेञ्जर्स बेङ्लोरलाई १ सय ८२ रनको लक्ष दिएको दिल्लीले दोस्रो इनिङ्ग्सको पहिलो ओभरमै सन्दीपलाई बलिङ्ग गर्ने अवसर दिएको थियो। कसिलो बलिङ्ग गर्दै पहिलो ओभरमा उनले २ रनमात्र दिए (पहिलो ओभरमा दिल्लीले ६ रन खर्चिएपनि बाईमा भएको रन सन्दीपको स्पेलमा जोडिदैन)।
व्यक्तिगत दोस्रो ओभरको तेस्रो बलमा सन्दीपलाई पार्थिभ पटेलले चौका प्रहार गरे तर अर्को बलमा पटेल लेग बिफोरको सिकार बने। सन्दीपले पहिलो विकेटको रुपमा भारतका अनुभवी ब्याट्सम्यानलाई आउट गर्नु आफैमा सफलता हो। ब्याटिंग पावरप्लेमा पहिलो स्पेल गर्ने क्रममा उनले २ ओभरमा ७ रन खर्चदै १ विकेट लिए।
सन्दीपले सातौँ ओभरमा विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र एबी डी भिलियार्सलाई बलिङ गर्ने क्रममा ८ रन खर्चिए। त्यस्तै १२ औं ओभरमा सन्दीपले १० रन दिए। उनलाई पाँचौ बलमा डिभिलियर्सले छक्का प्रहार त गरे तर डिभिलियर्सको प्रहार डिपमा रहेका फिल्डरबाट केही मिटरमात्र टाढा खस्यो।
सन्दीपले पहिलो खेलमा नै निकै आत्मविश्वाका साथ स्पिनमा र पेसमा विभिन्न भिन्नताको प्रयोग गरे। सन्दीप त्यस खेलकै सबै भन्दा किफायती बलर पनि साबित भए। उनी र बेङ्लोरका मोइन अलीले समान ६.२५ को इकोनमीमा बलिङ गरे। अलीले पनि ४ ओभरमा २५ रन खर्चदै १ विकेट लिए।
आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीप आइपिएलका दोस्रो कान्छा विदेशी खेलाडी पनि बनेका छन् । पञ्जाबका अफगानिस्तानी बलर मुजिब उर रहमानले १७ वर्ष ११ दिनको उमेरमा आइपिएलमा डेब्यू गरेका थिए भने सन्दीपले १७ वर्ष २ सय ८३ दिनमा पहिलो खेल खेले।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशमाथी २ विकेटको जित हात पारेको हो । मधेशले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बिहीवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।