7 years ago
May 13, 2018
दिल्ली (एजेन्सी)– नेपाली स्पिनर सन्दीप लामिछानेले ‘डेब्यू’मा प्रभावशाली प्रदर्शन गरेपनि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकाल्न सकेन । दिल्ली विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्ससँग ५ विकेटले पराजित भएको छ ।
सातौं स्थानमा रहेको बैंगलोरको ८ अंक पुगेको छ भने प्ले अफ पुग्ने सम्भावना गुमाइसकेको दिल्ली ६ अंकसहित पुछारमा छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको बैगलोरले कोहली र एबी डी भिलियर्सको अर्धशतकसँगै १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाउँदै जित हासिल गर्यो ।
जितले बैंगलोरको प्ले अफको सम्भावनालाई जीवित राखेका छ । डी भिलियर्सले अविजित ७२ र कोहलीले ७० रनको योगदान गरे । उनीहरुले तेस्रो विकेटका लागि १ सय १८ रनको साझेदारी गरेका थिए । ३७ बल खेलेका डी भिलियर्सले ६ छक र ४ चोका प्रहार गरे । ४० बल खेलेका कोहलीले ७ चौका र ३ छक्का प्रहार गरे । मन्दीप सिंहले १३, सरफराज खानले ११ रन बनाए ।
दिल्लाीका लागि ‘डेब्यू’ खेलमै प्रभावशाली प्रदर्शन गरेका सन्दीपले पार्थिव पटेल (६ रन) लाई एलबिडब्लू आउट गरेका थिए । टोलीले प्रयोग गरेका ५ बलर मध्ये सन्दीप सबैभन्दा किफायती रहे । उनले ४ ओभर बलिङ गर्दै २५ रन बनाए । आफ्नो दोस्रो ओभरमा विकेट लिएका सन्दीपले पार्थिवसँगै कोहली, डी भिलियर्स र मोइन अलीविरुद्ध बलिङ गरेका थिए ।
दिल्लीका लागि ट्रेन्ट बोल्टले २ तथा हर्सल पटेल र अमित मिश्राले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको छ । सन्दीप ब्याटिङको नवौं नम्बर थिए । दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ६१ र अभिषेक शर्माले अविजित ४६ रन जोडे ।
३४ बल खेलेका रिसबले ५ चौका र ४ छक्का प्रहार गरे । अभिषेकले १९ बलमा ४ छक्का र ३ चौका प्रहार गरे । प्ले अफबाट बाहिरिसकेको दिल्लीका लागि ओपनर जासन रोयले १२ र श्रेयस अय्यरले ३२ रन र विजय शंकले अविजित २१ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहलले २, मोइन अली र मोहम्मद सिराजले समान १ विकेट लिए । आइपिएलमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद तथा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशमाथी १४ रनको जित हासिल गर्यो । लुम्बिनीले दिएको २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । एपिएफको […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बिहीवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]