default_image

7 years ago

May 12, 2018

आइपिएलमा सन्दीपको पहिलो विकेट

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो खेल खेल्दै गरेका नेपालका युवा स्पिनर सन्दीप लामिछालेले पहिलो विकेट लिएका छन्।

Sandeep 

सन्दीपले दिल्लीलाई तेस्रो ओभरमा विकेट दिलाका हुन्। १ सय ८२ रनको लक्ष्य रोक्ने क्रममा दिल्लीले सन्दीपलाई इनिङ्सको पहिलो ओभरमा नै बलिङ गराएको हो। पहिलो ओभरमा २ रन मात्र खर्चेका सन्दीपले दोस्रो ओभरमा ५ रन खर्चदै पार्थिभ पटेललाई आउट गरे। उनले व्यक्तिगत दोस्रो ओभरको चौथो बलमा पटेललाई एलबीडब्ल्युको सिकार बनाए।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको छ ।

यसअघिका खेलमा सन्दीपले मौका पाएका थिएनन्। उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा किनेको थियो । आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । संयोग नै मान्नुपर्छ दुई दिने नेपाल भ्रमणका दौरान भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सन्दीप आइपिएल टोली दिल्लीमा रहेको चर्चा गरेकी दिन उनले खेल्ने मौका पाएका छन् ।

March 13, 2025

कमलको अलराउण्ड प्रदर्शनमा एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशमाथी २ विकेटको जित हात पारेको हो । मधेशले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य […]

March 13, 2025

आर्मीको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बिहीवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]

March 13, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

Success

Thank you for your time.