default_image

7 years ago

May 12, 2018

दिल्लीको ब्याटिङमा सन्दीपको पालै आएन

75 views

0 Bookmark

दिल्ली (एजेन्सी)– दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्सविरुद्ध खेल्दा नेपाली बलर सन्दीपको ब्याटिङ पालो नै आएन । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको छ ।

सन्दीप ब्याटिङको नवौं नम्बर थिए । दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ६१ र अभिषेक शर्माले अविजित ४६ रन जोडे । ३४ बल खेलेका रिसबले ५ चौका र ४ छक्का प्रहार गरे । अभिषेकले १९ बलमा ४ छक्का र ३ चौका प्रहार गरे ।

प्ले अफबाट बाहिरिसकेको दिल्लीका लागि ओपनर जासन रोयले १२ र श्रेयस अय्यरले ३२ रन र विजय शंकले अविजित २१ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहलले २, मोइन अली र मोहम्मद सिराजले समान १ विकेट लिए । अहिले बैंगलोरले १ सय ८२ रनको लक्ष्य पछ्याएको छ । समान ६ अंक भएका टोलीमध्ये अंक तालिकामा बैंगलोर सातौं र दिल्ली पुछारमा छ ।

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशमाथी १४ रनको जित हासिल गर्यो । लुम्बिनीले दिएको २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर […]

March 13, 2025

कमलको अलराउण्ड प्रदर्शनमा एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । एपिएफको […]

March 13, 2025

आर्मीको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बिहीवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]

Success

Thank you for your time.