default_image

6 years ago

May 12, 2018

आइपिएलमा कोलकातासँग पञ्जाबको हार, सन्दीप दिल्लीबाट खेल्दै

36 views

0 Bookmark

इन्दोर (एजेन्सी)– कोलकाता नाइट राइजर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार किङ्स ११ पञ्जाबविरुद्ध ३१ रनले हराएको छ । कोलकाताले १२ खेलमा छैटौं जित हासिल गर्दा १ खेल कम खेलेको पञ्जाबले पाँचौं हार बेहोरेको छ । समान १२ अंक भएपनि रनरेटका आधारमा पञ्जाब चौथो र कोलकाता पाँचौं स्थानमा छ ।

२ सय ४६ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १४ मात्र बनाउन सक्यो । टोलीका लागि लोकेश राहुलले अर्धशतक पुरा गरे भने कप्तान रविचन्द्रन आविश्चले ४५ रन बनाए । २९ बल खेलेका राहुल ७ छक्का र २ चौकाको मद्दतमा ६६ रन जोडे । आश्निले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

अर्को ओपनर क्रिस गेलले १७ बलमा २ चौका र १ छक्कासहित २१ रन जोडे । आरोन फिन्चले २० बलमा ३ छक्कासहित ३४ रन बनाए । अक्षकर पटेलले १९ र एन्ड्रीयू टेइ १४ रन बटुले । कोलकाताका आन्द्रे रसेलले ३, प्रसिद्ध कृष्णाले २, सुनिल नारिन, जाभोन सेरिलेस र कुलदीप यादवले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले सुनिल नारिन र कप्तान दीनेश कार्तिकको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटका क्षतिमा २ सय ४५ रन बनाएको छ । ओपनर सुनिलले ३६ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७५ रनको योगदान दिए ।

त्यस्तै कार्तिकले २३ बलमा ५ चौका र ३ छक्काका साथ ५० रन बनाए । अर्का ओपनर क्रिस लेनले २७, रोबिन उथप्पाले २४, आन्द्रे रसेलले ३१, सुभम गिलले अविजित १६ र नितेश रानाले १६ रन जोडे । पञ्जाबका एन्ड्रीयूले ४, मोहित शर्मा, रविचन्द्रन आश्विन र अक्षर पटेलले समान १ विकेट लिए ।

आइपिएलमा अहिले नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा भरहेको छ । सन्दीपले आजको खेलबाट आइपिएलमा डेब्यू गरेका छन् ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.