default_image

7 years ago

May 12, 2018

आइपिएलमा सन्दीपको ‘डेब्यू’

72 views

0 Bookmark

दिल्ली (एजेन्सी)– नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सकातर्फबाट आज ‘डेब्यू’ गरेका छन् । दिल्ली आइपिएलबाट बाहिरिसकेपछि सन्दीपले डेब्यूको मौका पाएका हुन् ।

यसअघिका खेलमा सन्दीपले मौका पाएनन् । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा किनेको थियो । आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । संयोग नै मान्नुपर्छ दुई दिने नेपाल भ्रमणका दौरान भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सन्दीप आइपिएल टोली दिल्लीमा रहेको चर्चा गरेकी दिन उनले खेल्ने मौका पाएका छन् ।

गत वर्ष युवा र राष्ट्रिय टोलीबाट उच्च प्रदर्शन गरेका सन्दीप नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । अवार्ड जेठ ३ गते काठमाडौंमा हुँदैछ ।

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशमाथी १४ रनको जित हासिल गर्यो । लुम्बिनीले दिएको २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर […]

March 13, 2025

कमलको अलराउण्ड प्रदर्शनमा एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । एपिएफको […]

March 13, 2025

आर्मीको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बिहीवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]

Success

Thank you for your time.