default_image

6 years ago

May 12, 2018

पञ्जाबविरुद्ध कोलकाताको रनको पहाड

37 views

0 Bookmark

इन्दोर (एजेन्सी)– कोलकाता नाइट राइजर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबविरुद्ध रनको पहाड खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले सुनिल नारिन र कप्तान दीनेश कार्तिकको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटका क्षतिमा २ सय ४५ रन बनाएको छ ।


ओपनर सुनिलले ३६ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७५ रनको योगदान दिए । त्यस्तै कार्तिकले २३ बलमा ५ चौका र ३ छक्काका साथ ५० रन बनाए ।

अर्का ओपनर क्रिस लेनले २७, रोबिन उथप्पाले २४, आन्द्रे रसेलले ३१, सुभम गिलले अविजित १६ र नितेश रानाले १६ रन जोडे । पञ्जाबका एन्ड्रीयूले ४, मोहित शर्मा, रविचन्द्रन आश्विन र अक्षर पटेलले समान १ विकेट लिए ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.