default_image

7 years ago

May 12, 2018

आइपिएलमा राजस्थानसँग चेन्नईको हार

71 views

0 Bookmark

जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सलाई शुक्रबार ४ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भवनालाई जीवित राखेको छ । चेन्नई हारका वावजुद १४ अंकसहित दोस्रो स्थानमा छ । छैटौं स्थानमा यथावत रहेको राजस्थानको १० अंक पुगेको छ ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले ओपनर जोस बटलरको उच्च प्रदर्शनसँगै ६ विकेटको क्षतिमा आवश्यक रन जोडेको थियो । अविजित रहँदै बटरलले ९५ रनको योगदान गरेका थिए । ६० बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे । स्टुवार्ट बिन्नीले २२, सञ्जु सामसनले २१, कृष्णप्पा गोथमले १३ र बेन स्टोक्सले ११ रन जोडेका थिए ।

चेन्नईका डेभिड विली, हरभजन सिंह, रविन्द्र जडेजा, सदृल ठाकुर र ड्वायन ब्राभोले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अर्धशतकसँगै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको छ । सामूहिक प्रदर्शन गर्ने क्रममा ओपनर शेन वाट्सनले ३९, कप्तान महेन्द्र सिंह धोनीले अविजित ३३, साम बिलिङ्सले २७ र अम्बाटी रायडुले १२ रन बनाएका थिए ।

रैनाले ३५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा टोलीका लागि सर्वाधिक ५२ रन बनाए । ३१ बल खेलेका वाट्सनले २ छक्का र २ चौका प्रहार थरे । त्यस्तै धोनीले २३ बलमा १ छक्का र १ चौका प्रहार गरे । राजस्थानका जोफ्रा आर्चरले २ र इश सोदीले १ विकेट लिए ।

आइपिएलमा शनिबार किङ्स ११ पञ्जाब र कोलकता नाइट राइडर्स तथा दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । अंकसहित शीर्षस्थानमा रहेको सनराइजर्स हैदराबाद प्ले अफका लागि छनोट भइसकेको छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.