7 years ago
May 11, 2018
दिल्ली (एजेन्सी)– सनराइजर्स हैदराबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । शिखर धवन र कप्तान काने विलियम्सनले दोस्रो विकेटका लागि अविजित १ सय ७६ रनको साझेदारी गरेपनि हैदराबादले आइपिएलमा बिहिबार दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ ।
यो जितसँगै हैदराबाद कम्तीमा चौथो स्थानमा रहने पक्का भएको छ । ११ खेलपछि हैदराबादको १८ अंक पुगेको छ । ११ खेलमा ८ हार पछि दिल्ली पुछारमा यथावत छ । १ सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले १८.५ ओभरमा मात्र १ विकेट गुमाएर १ सय ९१ जित हासिल गरेको थियो ।
ओपनर शिखर धवनले ५० बलमा ९ चौका र ४ छक्काको मद्दतमा अविजित ९२ रन बनाएका थिए । कप्तान विलियम्सनले ५३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर एलेक्स हाल्सले १४ रन जोडेका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले रिशव पन्तको अविजित शतकसँगै ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । रिशवको शतक भने छायाँमा परेको छ । रिशव एक्लैले अविजित १ सय २८ रन बनाएको खेलमा टोलीका लागि हर्सल पटेलले २४ र जासन रोयले ११ रन जोडे । ६३ बल खेलेका रिशवले १५ चौका र ७ छक्का प्रहार गरेका थिए ।
बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आइपिएलमा दिल्ली डेयरडेभिल्सले ११ खेल खेल्दा पनि नेपाली बलर सन्दीप लामिछानेले मौका पाएका छैनन् । हैदराबादका सकिब अल हसनले २ र भूवनेश्वर कुमारले १ विकेट लिएका थिए । हैदराबादका शिखर खेलको म्यान अफ दी म्याच चुनिए । आइपिएलमा शुक्रबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]