default_image

7 years ago

May 10, 2018

प्रधानमन्त्री कप क्रिकेट जेठ तेस्रो सातादेखि

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा दोस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ तेस्रो सातादेखि शुरु हुने भएको छ ।

राखेपले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १३ गतेबाट २९ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरी १० टिमको सहभागिता रहने राखेपका सदस्यसचिव केशव कुमार विष्टले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, र प्रदेश १, २ र ४ रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, प्रदेश नम्वर ३, ४ र प्रदेश नम्वर ६ रहेका छन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी गराए ।

यसवर्ष राखेपले प्राविधिक संयोजन, मैदान, दर्शक तथा खेलाडीको व्यवस्थापनको जिम्मा नेपालय इन्टरनेसनललाई दिएको छ । गतवर्षको संस्करण काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटिसी)ले गरेपनि यसपटक केसीटिसीले प्रस्ताव नल्याएपछि प्राविधिक संयोजनको जिम्मेवारी नेपालयलाई दिएको सदस्यसचिव विष्टले जानकारी दिए । उनले नेपाल क्रिकेट संघ (क्यान) अस्तित्वमा आए प्रतियोगिताको जिम्मेवारी क्यानलाई दिन सकिने पनि बताए ।

प्रतियोगिताको विजेताले २० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० लाख रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिताको म्यान अफ द सिरिजलाई एक लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५०–५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

उदियमान खेलाडीलाई १५ हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछ । प्रतियोगिताको लागि १ करोड ८० लाख बजेट लाग्ने सदस्यसचिव विष्टले जानकारी गराए । ६५ लाख बजेट राखेपले छुट्याएको र बाँकी स्पोन्सर खोजेर र अझै अपुग भए अन्य बजेटबाट रकमान्तर गरिने सदस्यसचिव विष्टले बताए ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.