7 years ago
May 10, 2018
कोलकाता (एजेन्सी)– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियिर लिग (आइपिएल) अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । कोलकाता नाइट राइडजर्सलाई १ सय २ रनले हराउँदै मुम्बई एक स्थानमा माथि उक्लेको हो । समान १० अंकको मुम्बई चौथो स्थानमा उक्लदा कोलकाता चौथोबाट पाँचौं स्थानमा झरेको छ ।
२ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाता १८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रनमा समेटिएको थियो । टोलीका नितेश राना, क्रिस लेनले समान २१, टोम कुरुनले १८ र रोविन उथप्पाले १४ र पियुष चाउलाले ११ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले दोहारो अंकमा रन बनाउन सकेनन् ।
मुम्बईका कुर्नाल पाण्डेय र हार्दिक पाण्डेयले समान २, मिचेल म्याक्लिघान, जसप्रित बुम्रहा, मयंक मर्कन्डे र बेन कटिङले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले इशान किशनको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा विकेट गुमाएर २ सय १० रन बनाएको थियो ।
सूर्यकुमार यादव र इभिन लेविसले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको खेलमा तेस्रो विकेटका लागि कप्तान रोहित शर्मा र इशानले ८२ रनको साझेदारी गरेका थिए । इशानले २१ बलमा टोलीका लागि सर्वाधिक ६२ रन जोडेका थिए । उनले ६ छक्का र ५ चौका प्रहार गरे ।
रोहित र सूर्य कुमारले समान ३६ रन जोडे । सूर्यकुमारले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ३१ बल खेलेका रोहितले २ चौका र १ छक्का प्रहार गरे । हार्दिक पाण्डेयले १३ बलमा २ छक्कासहित १९ रन जोडे । लेविसले १८ रन बनाए । अन्तिम ओभरमा १६ रन जोडेका बेन कटिङले २४ रन बटुले ।
कोलकाताका पियुष चावलाले ३, प्रसिद्ध कृष्ण, टोम कुरान र सुनिल नारिनले समान १ विकेट लिए । आइपिएलमा बिहीबार शीर्षस्थानको सनराइजर्स हैदराबाद (१६) र दिल्ली डेयरडेभिल्स (६) बीच प्रतिस्पर्धा हुनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]