default_image

7 years ago

May 9, 2018

मुम्बईले दियो कोलकातालाई २ सय ११ रनको लक्ष्य

86 views

0 Bookmark

कोलकाता (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार कोलकाता नाइट राइडजर्सलाई जितका लागि २ सय ११ को लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले इशान किशनको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा विकेट गुमाएर २ सय १० रन बनाएको थियो ।

सूर्यकुमार यादव र इभिन लेविसले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको खेलमा तेस्रो विकेटका लागि कप्तान रोहित शर्मा र इशानले ८२ रनको साझेदारी गरेका थिए । इशानले २१ बलमा टोलीका लागि सर्वाधिक ६२ रन जोडेका थिए । उनले ६ छक्का र ५ चौका प्रहार गरे ।

रोहित र सूर्य कुमारले समान ३६ रन जोडे । सूर्यकुमारले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ३१ बल खेलेका रोहितले २ चौका र १ छक्का प्रहार गरे । हार्दिक पाण्डेयले १३ बलमा २ छक्कासहित १९ रन जोडे । लेविसले १८ रन बनाए । अन्तिम ओभरमा १६ रन जोडेका बेन कटिङले २४ रन बटुले ।

कोलकाताका पियुष चावलाले ३, प्रसिद्ध कृष्ण, टोम कुरान र सुनिल नारिनले समान १ विकेट लिए । कोलकाता १० अंकसहित पाँचौं र ८ अंक जोडेको मुम्बई पाँचौं स्थानमा छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.