7 years ago
May 8, 2018
जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार तेस्रो स्थानको किङ्स ११ पञ्जाबलाई १५ रनले हराएको छ । जितसँगै राजस्थान अंकतालिकाको पुछारबाट छैटौं स्थानमा उक्लेको छ । राजस्थानको ८ अंक पुगेको छ भने पञ्जाबको १२ अंक छ ।
शीर्षस्थानको सनराइजर्स हैदराबादको १६ र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको १४ अंक छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेटको क्षतिमा १ सय ४३ रनमात्र जोडेपछि टोलीले आइपिएलमा चौथो हार बेहोरेको छ । टोलीका लागि लोकेश राहुलबाहेक कुनै पनि ब्याट्सम्यानले उच्च प्रदर्शन गर्न सकेनन् ।
७० बल खेलेका राहुलले ११ चौका र २ छक्काका सात ९५ रन बनाए । मार्केस स्टुनिसले ११ रन जोडे भने बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजस्थानका कृष्नप्पा गोथमले २, जोफ्रा आर्चेर, जयदेश उन्ड्कट, बेन स्कोक्स र इश सोढीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले जोस बट्लरको अर्धशतकसँगै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । बट्लरले ५८ बलमा ९ चौका र १ छक्कासहित ८२ रनको महत्वपूर्ण योगदान गरेका थिए ।
सञ्जु सामसनले २२, बेन स्टोक्सले १४ र स्टुआर्ट बिन्नीले ११ रन जोडे भने बाँकी हुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।पञ्जाबका एन्ड्रीयू टाईले ४ ओभरमा ३४ रन खर्चेर ४ तथा मुबि उर रहमानले २ र मार्कुस स्टोनिसले १ विकेट लिएका थिए ।
आइपिएलमा बुधबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइजर्सबीच प्रतिस्पर्धा हुनेछ । ८ टोलीको सहभागिता रहेको आइपिएलमा १० अंकसहित कोलकाता चौथो र ८ अंक जोडेको मुम्बई पाँचौं स्थानमा छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]