7 years ago
May 7, 2018
इन्दोर (एजेन्सी)– लोकेश राहुलले अविजित ८४ रन बनाएपछि किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । जितपछि पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा उक्लको छ ।
शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको समान १४ अंक छ । हैदरवाद र पञ्जाबले समान ९ खेल खेल्दा चेन्नईले १ खेल बढी खेलेको छ । राजस्थान ६ अंकसहित पुछारमा छ ।
१ सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको पञ्जाबले ८ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा १ सय ५५ रन जोड्दै जित हासिल गरेको थियो । ओपनर राहुलले अन्तिम सम्म मोर्चा सम्हाल्दै टोलीलाई जित दिलाएका थिए ।
५४ बल खेलेका राहुलले ७ चौका र ३ छक्काको मद्दतमा अविजित ८४ रन बनाएका थिए । उनलाई करुण नायर र मार्कुस स्टोनिसले ब्याटिङमा साथ दिएका थिए । करुणले ३१ र मार्कुसले अविजित २३ रन जोडे । २३ बल खेल्दै २ छक्का र २ चौका तथा मार्कुसले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
राजस्थानका कृष्नाप्पा गोथम, जोफ्रा आर्चेर, बेन स्टोक्स र अनुरित सिंहले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले ओपनर जस बटलरको अर्धशतकसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । राजस्थानलाई मध्यम स्कोरमा रोक्ने क्रममा पञ्जाबका मुजिब उर रहमानले ३, एन्ड्रियू टेले २ तथा रविचन्द्रन आश्विन, अंकित राजपुत र अक्षर पटेलले १ विकेट लिए ।
जिब उर खेलको म्यान अफ दी म्याच घोषित भए । बटलरले ३९ बलमा ७ चौकाका साथ ५१ रन, सञ्जु सिमसनले २८, बेन स्टोक्सले १२ र राहुल त्रिपाठीले ११ रन जोडेका थिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]