9 years ago
January 28, 2016
काठमाडौं, माघ १४ बंगलादेशमा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ ।
समूह चरणको आफ्नो पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्याण्डलाई ३२ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड नेपालका स्पिनरहरु चम्केपछि धराशयी बनेको न्यूजिल्याण्ड ४७.१ ओभरमा २०६ रनमा समेटियो । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभरमा २४ रन खर्चदै तीन विकेट लिएका थिए ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेलेर सात विकेट गुमाउदै २सय ३८ रन बटुलेको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वा्धिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए । कप्तानलाई बलियो साथ दिँदै आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो ।
प्रारम्भिक जोडी सन्दिप सुनार र सुनिल धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सुनिल १५ तथा सन्दिप ३९ रनमा आउट भए । योगेन्द्रसिंह कार्कीले ५ रन मात्र जोडे ।
पछिल्लो क्रमका राजवीर सिंह, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले पनि महत्वपूर्ण रन बटुले । उनीहरुले क्रमशः २४, १६ र ३५ को योगदान दिएका छन् । अन्तिम ओभरहरुमा कुशलको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो । न्यूजिल्याण्डका लागि नाथन स्मिथले ३ विकेट लिए ।
नेपालले अब शनिबार आयरल्याण्डसँग खेल्नेछ ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]