default_image

7 years ago

May 5, 2018

चेन्नई शिर्षस्थानमा उक्लियो, बैंगलोर सहजै पराजित

72 views

0 Bookmark

पुने (एजेन्सी) – रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शिर्षस्थानमा उक्लिएको छ। अघिल्लो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएपछि अंक तालिकाको दोस्रो स्थानमा झरेको चेन्नई पुनः शिर्षस्थानमा फर्किएको हो।

Chennai

तस्बिर : बिसिसीआई

चेन्नईले टस जित्दै फिल्डडिंग रोजेपछि पाएको १ सय २८ रनको लक्ष्य १८ ओभरमा ६ विकेट गुमाउँदै पार गर्यो। १८ औं ओभरमा तीन छक्का प्रहार गर्दै कप्तान महेन्द्र सिंह धोनीले चेन्नईको जितलाई सहज बनाए। धोनी यस प्रतियोगितामा उच्च लयमा देखिएका छन्। उनी ३१ रनमा नट आउट रहे। पहिलो विकेट १८ रनमा गुमाएपनि खेलको अधिकांश समयमा चेन्नईको नियन्त्रण रह्यो। अम्बाती रायडुले ३२ रन र सुरेश रैनाले २५ रन जोडे।

त्यसअघि बैंगलोरले पार्तिभ पटेलको ५३ रनमो मद्दतले ९ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १ सय २७ रन बनायो। बैंगलोरका एबी डी भिलियर्सले पछिल्लो केही खेल गुमाएपछि यस खेलमा फर्किएपनि १ रन मात्र बनाउँदै पवेलियन फर्किए। उनलाई धोनीले हर्बजन सिंहको बलमा स्टमपिङ्ग गरेका थिए। चेन्नईका रभिन्द्र जाडेजाले सर्वाधिक ३ विकेट लिए।

यो पराजयसँगै बैंगलोर ९ खेलमा ३ जित सहित छैटौं स्थानमा रहेको छ। चेन्नई भने १० खेलमा १४ अंक सहित शिर्षस्थानमा छ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.