7 years ago
May 4, 2018
इन्दोर (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार मुम्बई इन्डियन्सलाई १ सय ७५ रनको विजय लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले क्रिस गेलको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । लोकेश राहुल र गेलको जोडीले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।
राहुलले २० बलमा २ छक्का र १ चौकासहित २४ रन जोडे । गेलले ४० बलमा ६ चौका र २ छक्काको सहयोगमा ५० रन बटुले । युवराज सिंहले १४, करुण नायरले २३, अक्षर पटेलले १३ र मंयक अग्रवालले ११ रन जोडे । मार्कुस स्टोनिसले अविजित अविजित २९ रन बटुले । १५ बल खेलेका मार्कुले २ छक्का र २ चौका प्रहार गरे ।
मुम्बईका लागि मिचेल म्याक्लिघान, जसप्रिस सिंह, हार्दिक पाण्डेय, मंयक मार्केन्डे, र बेन कटिङले समान १ विकेट लिए । १० अंकसहित पञ्जाब चौथो र ४ अंकसहित मुम्बई अंकतालिकाको पुछारमा रहेको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]