default_image

7 years ago

May 4, 2018

आइपिएलमा कोलकतासँग चेन्नईको हार

74 views

0 Bookmark

कोलकाता (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित भएको छ । जितसँगै कोलकाता तेस्रो स्थानमा उक्लेको छ । चेन्नईको हारपछि सनराइजर्स हैदराबाद शीर्षस्थानमा उक्लेको छ। हैदराबाद र चेन्नईको समान १२ अंक छ । कोलकाता र चौथो स्थानको किङ्स ११ पञ्जाबको समान १० अंक छ ।

१ सय ७८ रनको लक्ष्य पछ्याएको कोलकाताले १७.५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८० रन बनाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो । शुभम गिल र कप्तान दीनेश कार्तिकले पाँचौं विकेटका लागि अविजित ८३ रनको साझेदारी गर्दै टोलीको जित पक्का गरेका थिए । गिलले अर्धशतक पुरा गरे भने दीनेशले १८ बलमा अविजित ४५ रन जोडे ।

१८ बल खेलेका दिनेशले ७ चौका र १ छक्का प्रहार गरे । ३६ बल खेलेका गिलले ६ चौका र २ छक्का साथ अविजित ५७ रन जोडेका थिए । ओपनर सुनिल नारिनले ३२ रन र अर्का ओपनर क्रिस लेनले १२ रन थपे । रिंकु सिंहले १६ रन जोडे । चेन्नईका लुग्गी एनगिदी, केएम आसिफ, रविन्द्र जडेजा र हरभजन सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन जोडेपछि निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको छ । चेन्नईका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेका थिए । ओपनर शेन वाट्सन र फा डु प्लिसिसले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे ।

वाट्सनले ३६, डु प्लिसिसले २७, सुरेश रैनाले ३२ र अम्बाटी रायडुले २१ रन जोडे । रविन्द्र जडेजाले १२ रन थपे । धोनीले २५ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे । त्यत्तिनै बल खेलेका वाट्सनले ४ चौका र २ छक्का प्रहार गरे । डु प्लिसिसले १५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । २६ बल खेलेका रैनले ४ चौका प्रहार गरे । रायडुले १७ बलमा ३ चौका प्रहार गरे ।

कोलकाताका लागि पियुष चाउला, शिवम माभीले समान २ र कुलदीप यादवले १ विकेट लिए । कोलकाताका सुनिल म्यान अफ दी म्याच घोषित भए । आइपिएलमा शुक्रबार पञ्जाब र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.