7 years ago
May 3, 2018
कोलकाता (एजेन्सी)– शीर्षस्थानको चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चौथो स्थानको कोलकाता नाइट राइडर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन जोडेपछि निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको छ ।
चेन्नईका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेका थिए । ओपनर शेन वाट्सन र फा डु प्लिसिसले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे । वाट्सनले ३६, डु प्लिसिसले २७, सुरेश रैनाले ३२ र अम्बाटी रायडुले २१ रन जोडे । रविन्द्र जडेजाले १२ रन थपे ।
धोनीले २५ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे । त्यत्तिनै बल खेलेका वाट्सनले ४ चौका र २ छक्का प्रहार गरे । डु प्लिसिसले १५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । २६ बल खेलेका रैनले ४ चौका प्रहार गरे । रायडुले १७ बलमा ३ चौका प्रहार गरे । कोलकाताका लागि पियुष चाउला, शिवम माभीले समान २ र कुलदीप यादवले १ विकेट लिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]