default_image

7 years ago

May 3, 2018

दिल्लीको तेस्रो जित, सन्दीप खेलेनन्

67 views

0 Bookmark

दिल्ली (एजेन्सी) – वर्षाले प्रभावित खेलमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै आइपिएलको अंक तालिकामामाथि उक्लेको छ। नेपालका यूवा स्पिनर सन्दीप लामिछानेलले दिल्लीको नवौं खेलमा पनि खेल्ने अवसर पाएनन्। 

Delhi

दिल्लीको घरेलु मैदानमा भएको खेलमा टस जितेर रोयल्सले दिल्लीलाई ब्याटिङ्ग गर्ने निम्तो दिएको थियो। १८ औं ओभरको १ बलमा वर्षाले खेल प्रभावित हुँदा कप्तान श्रेयास ऐयर र ऋषभ पन्तको अर्धशतकको मद्दतमा दिल्लीले ६ विकेट गुमाउँदै १ सय ९६ रन बनायो। पन्तले ६९ र ऐयरले ५० रन प्रहार गरे भने प्रिथिभी शाहले पनि ४७ रनको योगदान दिए।

१२ ओभरमा छोट्याईएको खेलमा पाएको १ सय ५१ रनको लक्ष्यलाई पछ्याउने क्रममा रोयल्सले ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो। ड्याकर्शी शर्टले ४४ तथा जोस बटलरले ६७ रन बनाएपनि त्यो पर्याप्त रहेन।

दिल्ली ९ खेलमा ३ जित सहित छैटौं स्थानमा उक्लेको छ। राजस्थान भने साथौँ स्थानमा झरेको छ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.