9 years ago
January 28, 2016
काठमाडौं, माघ १४ ।
बंगलादेशमा बुधबारबाट शुुरु भएको आइसिसी यु–१९विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसाग प्रतिस्पर्धा गर्दैछ ।
बंगलोदशको ढाकास्थित फातुल्हा क्रिकेट मैदानमा हुने खेलमा नेपाल राजु रिजालको कप्तानीमा मैदान उत्रदा सकारात्मक नजिताको खोजिमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेपछि सुरु हुनेछ । समुह ‘डी’ रहेको नेपालले समुह चरणको दोस्रो खेलमा शनिबार आयरलयाण्ड तथा सोमबार हुने तेस्रो खेलमा तीन पटकको विजेता भारतसाग प्रतिस्पर्धा गर्नेछ ।
विश्वकपलाई लक्षित गरेर नेपाली टोलीले भारतमा दुई साता लामो प्रशिक्षण गरेको थियो । भारत भ्रमणमा नेपाललले अफगानिस्तानसाग अभ्यास खेल खेलेको थियो । दुबै अभ्यास खेलमा नेपाल पराजित भएको थियो । अर्काे दुई अभ्यास (पाकिस्तान, श्रीलङ्का)सागको खेलमा नेपालले हार बेहोरेको थियो ।
सन् २००० मा पहिलोपल्ट यु–१९ विश्वकप खेलेको नेपालले सन् २००६ मा न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन बनेको थियो ।
गत अक्टोबरमा मलेसियामा भएको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपाल आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको हो ।
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]