7 years ago
May 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्बर ७ प्रथम मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा प्रदेश नम्वर ७ ले प्रदेश नम्वर २ लाई २४ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।
तस्बिर : विवेक सुवेदी/हाम्रो खेलकुद
७ नम्बर प्रदेशले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको २ नम्बर प्रदेशले पुरै ३० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो । २ नम्बरका अमित यादवले ८० रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै २ नम्बरका तृत राज दासले २७ तथा साहिल पटेलले २५ रन जोडे ।
मध्यम शुरुवात गरेको प्रदेश नम्वर २ ले पहिलो विकेट गुमाउदा ४१ रन जोडेको थियो । दोस्रो विकेट गुमाउदा ७६ रन जोडेको थियो ।
तेस्रो विकेटको लागि अमित यादव र तृत राज दासले ७६ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डो¥याए । त्यसपछि तृतराजलाई २७ रनमा गुमाउदा चौथो विकेटको रुपमा ओपनर अमित यदव आउट भए । त्यसपछि प्रदेश नम्वर २ का कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेन र बाँकी ५ विकेट लगातार गुमाउन पुग्यो । प्रदेश नम्बर ७ का मनोज लोथ्यालले ५ विकेट लिदा नरेन्द्र सावदले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ७ नम्बर प्रदेशले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो । ७ नम्बरका लागि राहुल भण्डारीले ३८ तथा रोशन सावदले अविजित ३७ रन जोडे । त्यस्तै हृदय बिथारीले ३३ रन जोड्दा नरेन्द्र सावद २० रनमा अविजित रहे । प्रदेश नम्वर २ का विवेक यादबले ४ विकेट लिए । फाइनलमा प्रदेश नम्वर २ का मनोज लोथ्याल फाइनल खेलको म्या नअफ दि म्याच घोषित भए ।
उपाधिसँगै प्रदेश नम्बर ७ ले नगद २ लाख ५० हजारसहित ट्रफी, मेडल र क्रिकेट खेल सामग्री प्राप्त गरे । उपविजेता बनेको प्रदेश नम्वर २ ले १ लाख ५० हजारसहित क्रिकेट सामग्री प्राप्त गार्यो। प्रदेश २ का अल राउण्डर विवेक यादब सर्बाेत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ प्रदेश नम्वर २ का अमित यादव उत्कृष्ट ब्याट्सम्यान र प्रदेश नम्वर ७ का नरेन्द्र सावद बलर घोषित भए । उनीहरुले जनही ५ हजार पाए । प्रदेश नम्वर ७ का हृदय विथारी उत्कृष्ट फिल्डर र राजन सिंह उत्कृष्ट विकेट किपर घोषित भए । विजयी टिम र खेलाडीहरुलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृह मन्त्री वामदेव गौतम, मनमोहन क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरै र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटालगायतले पुरस्कृत गरे ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा बैशाख १३ गतेबाट चलेको प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको थियो।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]