default_image

7 years ago

May 2, 2018

मुम्बईमाथि बेंगलोरको सहज जित

73 views

0 Bookmark

बेंगलोर (एजेन्सी) – बलरहरुले सम्हालिएको प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डीयन्सलाई १४ रनले हराएको छ । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमात्र  जोड्न सक्यो । यस जितसँगै बेंगलोरले लिगमा तेस्रो जित हासिल गरेको छ ।

ओपनर इशान किशन पहिलो बलमै टिम साउथीको बलमा बोल्ड भएपछि मुम्बईले खराब सुरुआत लिएको थियो । चौथो ओभरमा उमेश यादवले पहिलो बलमा सूर्यकुमार यादव र त्यसपछि अर्को बलमा नयाँ ब्याट्सम्यान मुम्बईका कप्तान रोहित शर्मालाई शून्यमै पेभेलियन फर्काए । २१ रनमा शीर्ष ३ ब्याट्सम्यान गुमाएको मुम्बई खेलमा फर्कने प्रयास जारी राख्यो ।

काइरन पोलार्डले १३ बलमा १३ रन जोडे भने जेपी ड्युमिनीले २९ बलमा २३ रनको योगदान दिए । हार्दिक पान्ड्याले ४२ बलमा ५० रन जोड्दै जितको सम्भावना जीवित पारेपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । क्रुनाल पान्ड्याले २३ रन र बेन कटीङले १२ रन जोडे । बेंगलोरका लागि पेस बलरहरु साउथी र यादवसँगै मोहमद सिराजले पनि २ विकेट लिए ।

त्यसअघि टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको बेंगलोरले ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । ओपनर क्विनटन डेककले १३ बलमा ७ रन जोड्दै खराब प्रदर्शन गरेपनि अर्का ओपनर मनन भोराले उत्कृष्ट ब्याटिङ गरे । उनले ३१ बलमा २ चौका र ४ छक्काको मदतले ४५ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ब्रेन्डन मक्कुलमले पनि २५ बलमा ३७ रन जोडे । उनले ४ चौका र २ छक्का प्रहर गरेका थिए ।

मध्यक्रममा कप्तान विराट कोहलीले ३२ रन जोड्दै बेंगलोरको इनिङ्सलाई सम्हाले । उनले २६ बलमा २ चौका र १ छक्का जोडे । मन्दिप सिंह १० बलमा १४ रन तथा वासिङ्टन सुन्दर र टिम साउथी १-१ रन जोड्दै पेभेलियन फर्कीए । बेंगलोरलाई ठुलो स्कोरसम्म पुर्याउन कोलिन डे ग्राण्डहोमले आक्रामक ब्याटिङ गरे । उनले १० बलमा ३ छक्काको मदतले नटआउट २३ रनको योगदान दिए । उनले मिचेल मक्लीनाघनको अन्तिम ओभरमा २४ रन निकालेका थिए ।

 

मुम्बईका लागि हार्दिक पान्ड्याले सर्वाधिक ३ विकेट लिए । जस्प्रित बुमराह, मायांक मार्कान्डे र मक्लीनाघनले पनि १-१ विकेट हात पारे । जोन पल ड्युमिनीले २ ओभरमा कुनै विकेट नलिई २८ रन खर्चेका थिए । मुम्बई र बेंगलोर दुवै टोलीले ७ खेलमा ४ अंक जोडेका छन् ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.