7 years ago
May 1, 2018
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डीयन्सलाई जितका लागि १ सय ६८ रनको लक्ष्य दिएको छ । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको बेंगलोरले ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको हो ।
ओपनर क्विनटन डेककले १३ बलमा ७ रन जोड्दै खराब प्रदर्शन गरेपनि अर्का ओपनर मनन भोराले उत्कृष्ट ब्याटिङ गरे । उनले ३१ बलमा २ चौका र ४ छक्काको मदतले ४५ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ब्रेन्डन मक्कुलमले पनि २५ बलमा ३७ रन जोडे । उनले ४ चौका र २ छक्का प्रहर गरेका थिए ।
मध्यक्रममा कप्तान विराट कोहलीले ३२ रन जोड्दै बेंगलोरको इनिङ्सलाई सम्हाले । उनले २६ बलमा २ चौका र १ छक्का जोडे । मन्दिप सिंह १० बलमा १४ रन तथा वासिङ्टन सुन्दर र टिम साउथी १-१ रन जोड्दै पेभेलियन फर्कीए । बेंगलोरलाई ठुलो स्कोरसम्म पुर्याउन कोलिन डे ग्राण्डहोमले आक्रामक ब्याटिङ गरे । उनले १० बलमा ३ छक्काको मदतले नटआउट २३ रनको योगदान दिए । उनले मिचेल मक्लीनाघनको अन्तिम ओभरमा २४ रन निकालेका थिए ।
मुम्बईका लागि हार्दिक पान्ड्याले सर्वाधिक ३ विकेट लिए । जस्प्रित बुमराह, मायांक मार्कान्डे र मक्लीनाघनले पनि १-१ विकेट हात पारे । जोन पल ड्युमिनीले २ ओभरमा कुनै विकेट नलिई २८ रन खर्चेका थिए । मुम्बई र बेंगलोर दुवै टोलीले ७ खेलमा ४ अंक जोडेका छन् ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]