7 years ago
May 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्वर ७ र प्रदेश नम्वर २ राजधानीमा जारी प्रथम मनमोहन अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा प्रदेश नम्वर ७ ले प्रदेश नम्वर १ लाई ५ विकेटले पराजित गर्दै उपाधि नजिक पुग्दा प्रदेश नम्वर २ ले प्रदेश नम्वर ३ लाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रदेश नम्वर ७ सँगको भेट पक्का गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्वर १ ले दिएको १ सय ४९ रनको मध्यम लक्ष्य प्रदेश नम्वर ७ ले २२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । प्रदेश नम्वर ७ का लागि सुवास ऐरले ३७ रनको योगदान दिए । ओपनर राजन सिंहले ३२ रन जोड्दा राहुल भण्डारी २५ रनमा तथा नारायण जोशी १२ रनमा नटआउट रहे । रोशन सावदले २३ रन बनाए । समिर तिमल्सिना, विवेक मेहता र नवनित कर्णले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेका प्रदेश नम्वर १ ले पुरै ३० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । उसका लागि मध्यक्रमका विवेक मेहताले ४१ रन बनाए । राजन मगरले २२ रन जोडे । नवनित कर्ण १९ रनमा अविजित रहँदा अभिेषेक बरालले १६ रन जोडे । अंकित श्रेष्ठले १३ र लुभ कामतले ११ रन जोडे ।
मंगलबारे भएको अर्काे खेलमा प्रदेश नम्वर २ ले प्रदेश नम्वर ३ माथि ४१ रनको सहज जित निकाल्यो। प्रदेश नम्वर २ ले दिएको २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश नम्वर १ २८ ओभर ५ बलमा १ सय ७५ रनमा समेटियो । उसका लागि प्रतिश जिसीले ४८ रनको योगदान दिएपनि टिमलाई जिताउन सकेन । सम्भव श्रेष्ठले ३४ रन बनाए । दीपक बोहराले ३० रन जोडे । अशोक पौडेल १६, आशिष भट्टराई १५ र सुशान्त कार्की १० रनमा आउट भए । बिक्रम कुशवाहा एक्लैले ४ विकेट लिए । सन्नी शाहले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश नम्वर २ ले निर्धारित ३० ओभरमा ५ विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको थियो । उसका लागि अमित यादवले सर्वाधिक ८६ रनको योगदान दिए । विवेक यादव ६३ रनमा अविजित रहे । सुजित शाहले ३५ रन जोडे । तृत राज दास १४ र इमरान शेख ११ रनमा आउट भए । प्रतिश जिसी र सुशान्त कार्कीले समान २ विकेट लिए ।
प्रतियोगिताको फाइनल बुधबार हुनेछ । विजेताले ५ लाख रुपैया तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]