7 years ago
May 1, 2018
पुने (एजेन्सी)– दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा पुगेको छ । सोमबार पहिलो ब्याटिङ गरेको चेन्नईले दिल्ली डेयरडेभिल्सलाई २ सय १२ रनको विजय लक्ष्य दिएको थियो । तर दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रनमात्र जोड्न सक्यो ।
दिल्लीका ऋषभ पन्तले ४५ बलमा ७९ रन तथा विजय शंकरले नटआउट ५४ रन जोडेपनि टोलीले लक्ष्य भेट्न सकेन । ओपनर पृथ्वी शअ ९ रन जोड्दै पेभेलियन फर्केपछि कोलिन मुनरोले १६ बलमा २६ रन जोडेका थिए । कप्तान श्रेयस ऐर १३ रनमा हुँदा रनआउट भएपछि दिल्ली समस्यामा पारेको थियो ।
पाँचौ विकेटका लागि पन्त र शंकरले ८८ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । तर चेन्नईका बलरले सम्हालिएको बलिङ गरेपछि दिल्लीले जित दर्ता गर्न सकेन । चेन्नईका लागि केएम आसिफले २ तथा लुंगी एन्गीडी र रविन्द्र जडेजाले १-१ विकेट लिए ।
पहिलो इनिङ्समा शेन वाट्सनको अर्धशतक तथा अम्बाटी रायडु र कप्तान महेन्द्र सिंह धोनीको आक्रामक पारीपछि चेन्नई सुपर किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईका लागि वाट्सन र फा डु प्लिसिसले पहिलो विकेटका लागि १ सय २ रन जोड्दै मजबुद सुरुवात दिलाएका थिए । वाट्सनले ४० बलमा ७ छक्का र ४ चौकाको मद्दतमा ७८ रन बनाएका थिए । डु प्लिसिसले ३३ बल खेल्दै ३ चौका र १ छक्कासहित ३३ रन जोडे ।
अघिल्लो खेलमा अर्धशतक बनाएका सुरेश रैना १ रनमै आउट भएपनि कप्तान धोनी र अम्बाटी रायडुले पारीलाई अघि बढाएका थिए । धोनीले अर्धशतक पुरा गरे भने रनआउट भएका रायडुले ४१ रन जोडे । २२ बल खेलेका धोनीले ५ छक्का र २ चौकाका साथ अविजित ५१ रन बटुले । २४ बलमा रायडुले ५ चौका र १ छक्का प्रहार गरे । नेपाली बलर सन्दीप लामिछाने आबद्ध दिल्लीका लागि अमित मिश्रा, विजय सरकार र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए । सन्दीपले टोलीको आठौं खेलमा पनि मौका पाएनन् ।
यस नतिजासँगै ८ मध्ये ६ खेल जितेको चेन्नई १२ अंकसहित शीर्षस्थानमा छ । त्यत्तिनै खेलमा २ खेल मात्र जितेको दिल्ली ४ अंकसहित पुछारमा छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]