default_image

7 years ago

April 30, 2018

रहेनन् पूर्व खेलाडी एवंम् एनआरटीका वरिष्ठ उपाध्यक्ष प्रधान

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व क्रिकेट खेलाडी एवंम् ए डिभिजन क्लब एनआरटीका वरिष्ठ उपाध्यक्ष विनयवर सिंह प्रधानको निधन भएको छ । ५३ वर्षे प्रधानको ब्रेन ह्यामेरजका कारण आइतबार राती मृत्यु भएको एनआरटीका अध्यक्ष दीपकहर्ष बज्राचार्यले बताए ।

 

प्रधान आइतबार साँझ त्रिपेश्वरस्थित एनआरटीको कार्यालयबाट साँझ आफै स्कुटर चलाएर घर फर्केका बताइएको छ ।

अध्यक्ष बज्राचायले भने,’ टेकु पुल कटेर सितापाइला घरतर्फ जाने क्रममा उनीलाई गाह्रो भएको, स्कुटर अनियन्त्रित भएपछि उनी ढलेको प्रत्यक्षदर्शीहरुले बताए ।’उनीहरुले अस्पताल पुर्याएपछि हामीले जानकारी पायौं ।’

अन्तिम श्रद्धान्जलीका लागि सोमबार प्रधानको पार्थिव शरीरलाई एनआरटी परिसरमा राखिएको थियो ।

एनआरटीको काठमाडौं खेल मण्डलबाट लामो समय क्रिकेट खेलेका प्रधान काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष हुन् ।

उनी सफ्ट टेनिसका पूर्व महासचिव पनि हुन् । उनकी श्रीमती र दुई छोरी छन् । उनको आजै अन्तिम संस्कार गरिने एनआरटी अध्यक्ष ब्रजाचार्यले जानकारी दिए ।

 

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.