7 years ago
April 30, 2018
बेंगलोर (एजेन्सी) – अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा अाइतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।
घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले १९.१ अोभरमा प्राप्त गरेको थियो । कोलकाताका लागि अोपनर लिनले नटअाउट ६२ रनको योगदान दिए । उनले ५२ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । पुरै समय ब्याटिङ गरेका लिनको ७ रनको स्थितिमा हुँदा युजभेन्द्र चहलको बलमा क्याच ड्रप भएको थियो ।
लिनलाई कप्तान दिनेश कार्तिक र उपकप्तान रोबिन उथप्पाले पनि राम्रो साथ दिए । कार्तिकले १० बलमा २३ तथा उथप्पाले २१ बलमा ३६ रन बनाएका थिए । अर्का अोपनर सुनिल नाराइनले १९ बलमा २७ रन जोडे । बेंगलोरका मुर्गन अाश्विन र मोहमद सिराजले २/२ विकेट बाँडे ।
त्यसअघि पहिलो ब्याटिङ गरेको बेंगलोरले २० अोभरमा ४ विकेट गुमाउँदै १ सय ७५ रन जोडेको थियो । कप्तान विराट कोहलीले नटअाउट ६८ रन जोडेपछि बेंगलोर बलियो योगफलतर्फ अग्रसर भएको थियो । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।अोपनर ब्रेन्डन मक्कुलमले ३८ र क्विनटन डेककले २९ रन जोड्दै राम्रो सुरुवात दिएका थिए ।
मन्दिप सिंहले १९ र कोलिन डे ग्रान्डहोमले नटअाउट ११ रन बनाए । कोलकाताबाट अान्द्रे रसलले ३ र कुलदिप यादवले १ विकेट लिए । खेलको म्यान अफ द म्याच क्रिस लिन भए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]