7 years ago
April 29, 2018
जयपुर (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा छैटौं जित दर्ता गर्दै सनराइजर्स हैदराबाद शिर्षस्थानमा उक्लेको छ। राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्दै हैदराबादले ८ खेलमा ६ जित हासिल गरेको हो।
हैदराबादको जितमा कप्तान केन विलियम्सनले ‘म्यान अफ दी म्याच’ पारी खेले। टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै बनाएको १ सय ५१ रन रक्षा गरेको हो। विलियम्सनले ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए। त्यस्तै एलेक्स हेल्सले ४५ रनको योगदान दिए। बलिङ्गतर्फ राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए।
१ सय ५२ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १ सय ४० रन मात्र बनायो। ओपनर अजिन्क्या रहाने खेलको अन्तिम समयसम्म नट-आउट रहेपनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ६५ रन बनाए। विजयी टोली हैदराबादका सिद्धार्थ कौलले कसिलो बलिङ्ग गरे। उनले ४ ओभरमा २३ रनमात्र खर्चिदै २ विकेट लिए।
राजस्थानको यो ७ खेलमा चौथो हार हो। आजको दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन्।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]