7 years ago
April 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान अनिल कुमार शाह दोस्रो संस्करणको इलाइट प्लेयर सिरिज टि–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न आइतबार सिंगापुर प्रस्थान गरेका छन् ।
सिंगापुर क्रिकेट एसोसिएसनको आयोजनामा हुने इलाइट प्लेयर सिरिज टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान अनिलले एसजी क्रिमसोन्स टिमबाट खेल्ने छन् ।
क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सीप्यान) ले प्रेस विज्ञप्ति जारी गर्दै अनिल कुमार शाह सिंगापुरको चर्चित प्रतियोगिता इलाइट प्लेयर सिरिज खेल्न जान लागेको जानकारी दिएको हो । सी प्यानले अनिललाई इलाइट प्लेयर सिरिज खेलाउन सिंगापुर क्रिकेट एसोसिएसनसँग आग्रह गरेको थियो । दोस्रो संस्करणको इलाइट प्लेयर सिरिज टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बैशाख १७ गते सोमबारदेखि सिंगापुरमा सुरु हुँदैछ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]