default_image

7 years ago

April 28, 2018

प्रदेश ७ मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेटको सेमिफाइनलमा

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्वर ७ राजधानीमा जारी मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको सेमिफाइलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा प्रदेश नम्वर ४ लाई १ सय ५ रनको भारी रन अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो । ७ नम्वर प्रदेशले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको प्रदेश नम्वर ४ निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर ८१ रनमात्र बनाउन सक्यो । उसका लागि अनित बराले १६ रन बनाए । रोशनकान्त न्यौपानेले १४ तथा सोहेल कुवँरले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन ।

प्रदेश ७ का नरेन्द्र सावद, र राहुल भण्डारीले २ विकेट लिए । गजेन्द्र सिहं बोहरा, मनोज लोथ्याल र सुवास ऐरले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ७ नम्वर प्रदेशले २५ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८६ रन बनायो । खराव शुरुवात गरेपनि प्रदेश नम्वर ७ को इनिङ्स विनोद खत्री र नरेन्द्र सावतले सम्हाले । विनोदले ८० रन जोडे । नरेन्द्रले ४६ रन बनाए । राहुल भण्डारीले १२ रन बनाए । ४० रन अतिरिक्त पाएको थियो । अन्य ब्याट्सम्यान खराव प्रदर्शन गर्यो । ४ नम्वर प्रदेशका किसन पौडेलले ४ तथा मेखबहादुर सेनले ३ विकेट हात पारेका थिए । किरण पौडेल र सचिन अधिकारीले समान १ विकेट लिए । हारसँगै समूहमा १ खेल बाँकी रहँदा प्रदेश नम्वर ४ प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबारै भएको अर्काे खेलमा प्रदेश नम्वर ६ ले प्रदेश नम्वर ३ माथि ७ विकेटको सहज जित निकालेको छ । प्रदेश नम्वर ३ ले दिएको १ सय १४ रनको सामान्य लक्ष्य प्रदेश नम्वर ६ ले १५ ओभर ५ लमा ३ विकेट गुमाएर पूरा ग¥यो । प्रकाश जैसीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । दिनेश पुनले ४५ रन बनाए । सुवास कार्की, दीपक बोहरा र गौरव कटवालले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्वर ३ ले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो । उसका लागि प्रियान्सु श्रेष्ठले नटआउट ३८ रनको यागदान दिए । सुशान्त कार्कीले २३ रन बनाए । फरिद खानले १३ तथा आशिष भट्टराईले १० रन बनाए । प्रदेश ३ का सुरज बुढाथोकीले २ विकेट लिए । प्रणम भँडेल, प्रकाश जैसी र सन्दिप जंग शाहीले समान १ विकेट लिए ।

प्रतियोगिता अन्र्तगत आइतबार प्रदेश नम्वर ६ र प्रदेश नम्वर १ तथा प्रदेश नम्वर २ र प्रदेश नम्वर ५ बीच खेल हुनेछ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.