default_image

7 years ago

April 28, 2018

कोलकातामाथि दिल्लीको जित, सन्दीपले अझै मौका पाएनन्

85 views

0 Bookmark

दिल्ली (एजेन्सी)– दिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित दर्ता गरेको छ । कोलकाता नाइट राइडर्सलाई शुक्रबार ५५ रनले हराउँदै दिल्लीले ७ खेलमा दोस्रो जित हासिल गरेको हो ।

२ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो । ठूलो लक्ष्य पछ्याएको कोलकता सुरुआतबाट सम्हालिन सकेन । टोलीले ३३ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।

टोलीका लागि आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे । शुभम गिलले ३७, सुनिल नारिनले २६, दीनेश कार्तिक १८ रन र मिचेल जोन्सनले अविजित १२ रन जोडे । कोलकातालाई लक्ष्यमा पुग्नबाट रोक्न दिल्लीका ट्रेन्ट बोल्ट, म्याक्स वेल, अभेष खान र अमित मिश्राले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले माथिल्लो क्रमका ब्याट्सम्यानको उच्च प्रदर्शनका कारण निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको छ । श्रेयस ऐयर र ओपनर पृथ्वी सोले अर्धशतक पुरा गरे ।

अघिल्ला ६ मध्ये ५ खेल गुमाएको दिल्लीका लागि शुक्रबार आक्रमक ब्याटिङ गर्ने क्रममा श्रेयसले अविजित ९३ रन बनाए । ४० बल खेलेका श्रेयसले ६० रन छक्काबाट मात्र बटुलेका थिए । उनको नाममा ४ चौका पनि रह्यो । पृथ्वीले ४४ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।

कोलिन मुर्नोले ३३ र ग्लेन म्याक्सवेलले २७ रन जोडे । कोलकाताका लागि पियुष चावला, शिवम् मावी र आन्द्रे रसेलले समान १ विकेट लिए । कोलकाता अहिले ब्याटिङ गरिरहेको छ । दिल्लीका नेपाली बलर सन्दीप लामिछानेले आजको खेलमा पनि मौका पाएका छैनन् । आइपिएलमा शनिबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.