default_image

7 years ago

April 26, 2018

आइपिएलको रोमाञ्चक खेलमा चेन्नईको जित

79 views

0 Bookmark

बैंगलुरु (एजेन्सी)– महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनबाट प्रेरित चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको छ । जितपछि चेन्नई पुनः शीर्षस्थानमा उक्लेको छ ।

समान १० अंक भएपनि किङ्स ११ पञ्जाब दोस्रो स्थानमा झरेको छ । छैटौं खेलमा चेन्नईको त्यो पाँचौ जित थियो । छैटौं खेलमा बैंगलोरको भने त्यो चौथो हार थियो । २ सय ६ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरको खेलमा २ बल बाँकी रहँदा ५ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो ।

अन्तिम ओभरमा जितका लागि चेन्नईलाई १६ रनको आवश्यकता थियो । त्यस्तोमा ड्वान ब्राभोले पहिलो बलमा चौका, दोस्रोमा छक्का र तेस्रो बलमा १ रन जोडेका थिए । त्यो अवस्थामा चेन्नईलाई अन्तिम ३ बलमा जितका लागि ५ रनको आवश्यकता थियो । त्यो अवस्थामा क्रिज सम्हालेका धोनीले चौथो बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।

धोनीले अविजित ७० र ब्राभोले ७ बलमा १ छक्का र १ चौकाका साथ अविजित १४ रन जोडे । त्यसअघि अम्बाटी रायडुले इनिङ्स सम्हाल्ने क्रममा ८२ रन बनाएका थिए । रायडु र धोनीले पाँचौं विकेटका लागि १ सय १ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर बनाएका थिए ।

४ विकेटको क्षतिमा ७४ रनबाट धोनी र रायडुले टोलीलाई अघि बढाएका थिए । रायडुले ५३ बलमा ८ छक्का र ३ चौकाको मद्दतमा ८२ रन बनाए । ३४ बल खेलेका म्यान अफ दी म्याच धोनीले ७ छक्का र १ चौका प्रहार गरेका थिए ।

सुरेश रैनाले ११ रन बनाए भने त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैंगलोरका लागि युजभेन्द्र चाहालले २, पवन नेगी र उमेश यादवले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको बैंगलोरले क्विन्टन डी कक र एबी डी भिलियर्सको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । डी भिलियर्सले आक्रमक रुपमा ब्याटिङ गर्दै टोलीका लागि सर्वाधिक ६८ रन बनाएका थिए । ३० बल खेल्ने क्रममा उनले ८ छक्का र २ चौका प्रहार गरे ।

डी ककले ५३ रन जोडे । ३७ बल खेलेका उनले ४ छक्का र १ चौका प्रहार गरे । मन्दीप सिंहले ३२, कप्तान विराट कोहोलीले १८, वासिङटन सरदारले अविजित १३, कोलिन डी ग्रान्डहोमेले ११ रन जोडे । मन्दीपले १७ बलमा ३ छक्का र १ चौका प्रहार गरे । कोहलीले १५ बलमा ३ चौका प्रहार गरे । चेन्नईका सर्दुल ठाकुर, इमरान ताहिर र ड्वान ब्राभोले समान २ विकेट लिएका थिए ।

आइपिएलमा बिहीबार सनराइजर्स हैदराबाद र किङ्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुन्छ । ६ खेलमा ५ जितका साथ पञ्जाब दोस्रो स्थानमा छ । चेन्नई र पञ्जाबको समान १० र तेस्रो स्थानको हैदराबादको ८ अंक छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.