7 years ago
April 25, 2018
दिल्ली (एजेन्सी) – दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानी त्यागेका छन्। दिल्लीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा खराब प्रदर्शन गर्दै ६ खेलमा ५ मा हार बेहोरेपछि गम्भीर आफैंले कप्तानी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।
गम्भीरकै सिफारिसमा २३ वर्षे ब्याट्सम्यान श्रेयास ऐयारले कप्तानी सम्हाल्ने भएका छन्। नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीको टोलीले पहिलो ६ खेल खेल्दा सन्दीपले कुनै खेलमा मौका पाएका छैनन्।
अंक तालिकाको पुछारमा रहेको दिल्लीका गम्भीरले टोलीको खराब प्रदर्शनको जिम्मेवारी लिएका छन्, “दिल्लीको खराब प्रदर्शनमा पूर्ण रुपमा जिम्मेवारी लिन्छु। मलाई लाग्छ मैले पर्याप्त दिन सकिन। हामीले अझै प्रतियोगितामा फर्कने समय भएकाले मलाई लाग्छ यो निर्णय लिने ठिक समय हो। यो मेरो नितान्त व्यक्तिगत निर्णय हो र मलाई कुनै दबाब दिईएको छैन। “
प्रतियोगितामा पहिलो पटक दिल्लीबाट खेल्न सुरु गरेका गम्भीर ७ वर्ष कोलकाता नाइटराइडर्ससँग आबद्ध थिए। उनी यसै सिजन दिल्लीमा फर्किएका हुन्।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]