default_image

7 years ago

April 25, 2018

पहिलो नेपालगन्ज क्रिकेट कपको उपाधी दंगाली गोर्खाजलाई

69 views

0 Bookmark

कोहलपुर (हाम्रोखेलकुद)- पहिलो नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी पाण्डा इभेन्टस् को स्वामित्वमा रहेको दंगाली गोर्खाजले जितेको छ । कोहलपुर स्थित कोहलपुर क्रिकेट मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा रोल्पा गोरिल्लाजलाई ८ विकेटले पराजित गर्दै दंगालीले उपाधी आत्मसात गरेको हो। उपाधी सहित गोर्खाजले नगद १ लाख ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने गोरिल्लाजले नगद ६० हजार रुपैयाँ प्राप्त गर्यो ।

फाइनल खेलमा टस जित्दै ब्याटिङ् गर्ने निर्णय गरेको गोरिल्लाजले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउंदै ८९ रन मात्र जोड्न सक्यो  । एक समय ३३ रनको स्तितिमा ८ विकट गुमाइसकेको गोरिल्लाजका लागि अन्तिमका ब्याट्सम्यानहरुले गतिलो योगदान दिएका थिए । गोरिल्लाजको नवौं विकेटको लागि शेर ओली र रोशन शाहले ३५ रनको साझेदारी गरे भने दशौं विकेटका लागि  रोशन शाह र मेराज अन्सारीले २१ रनको साझेदारी गरेका थिए । शेर ओलीले १४ रन, रोशन शाहले ३५ रन तथा मिराज अन्सारीले ७ रनको प्रहार गरे ।

गोरिल्लाजका अन्य ब्याट्सम्यानहरु कप्तान सौरभ खनालले ३, रमेश सिंहले १, आकाश थापाले ५ , नन्दन यादबले १०, समसुद्दिन अन्सारीले ४, भिम सार्कीले ३ र बसन्त कार्कीले ४ रनको योगदान गरे । उत्कृष्ट बलिङ् गरेको दंगालीका लागि अनिल खरेलले ३, कप्तान सन्दिप सुनारले २ तथा  बिष्णु कटरिया, हरि क्षेत्री, शहिद अन्सारी र सगर ढकालले समान १-१ विकेट लिए ।

९० रनको निम्न विजयी लक्ष्य लिएर ब्याटिङ् मा उत्रेको दंगाली गोर्खाजले ८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । दंगालीका लागि फाइनलमा  म्यान अफ द म्याच घोषित सन्दिप सुनारले सर्वाधिक ४६ रन, मनोज सुनारले १० रन प्रहार गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एबरोल टी एम टी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए भने पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान  र एनआईसि एसिया दंगाली गोर्खाजका साहिद अन्सारी उत्कृष्ट बलर घोषित भए। यस्तै उदयमान खेलाडी एन आई एसिया दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन पाल्पा योद्धाजका सिद्धान्त राज शाही र  आर्शिवाद पेन्ट्स पाल्पा योद्धाज फेयर प्लेयिंग टिम घोषित भयो।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.