default_image

7 years ago

April 25, 2018

नेपालगन्ज कपको फाइनलमा दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज भिड्दै

60 views

0 Bookmark

कोहलपुर (हाम्रोखेलकुद)- पहिलो नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको फाइनलमा दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज भिड्दै छन् । कोहलपुर स्थित कोहलपुर क्रिकेट मैदानमा हुने खेल आज बिहान ११ बजे सुरुहुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टोलीले ट्रफी तथा नगद १ लाख १० हजार रुपैयाँ र उपबिजेता हुने टोलीले नगद ६० हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

६ टोली सम्मिलित प्रतियोगिताको समूह चरणको शिर्ष दुई टोली फाइनलमा भिड्न लागेका हुन् । दुवै टोलीले ५ मध्ये ४ खेलमा जित हात पारेका थिए। नेट रन रेटको आधारमा दंगाली गोर्खाज पहिलो र रोल्पाली गोरिल्लाज दोस्रो स्थानमा रहन सफल भए । समुह चरणमा यि टोली बीचको खेलमा गोर्खाज ६ विकेटले विजयी भएको थियो । 

गोरिल्लाजका कप्तान सौरभ खनाल फाइनलको दुवै टोली राम्रो रहेको र खेल प्रतिस्पर्धात्मक हुने बताउछन् । दंगाली विरुद्धको पहिलो खेलमा पराजय बेहोरेको सौरभले पहिलो खेलमा टोली नयाँ रहेको र खेलाडीहरुको भूमिका राम्रोसँग थाहा नहुँदा पराजय भोगेको र फाइनलमा केहि नयाँ हुने बताए । सौरभ भन्छन्,’ हाम्रो ब्याटिङ् र बलिङ् दुवै राम्रो हुँदै गैरहेको छ र हामीले प्रतियोगिता जित्ने ठुलो सम्भावना रहेको छ।’

दंगाली गोर्खाजका कप्तान सन्दिप सुनारले फाइनलमा मैदानमा गएर इन्जोय गर्दै राम्रो खेल्नेमा ढुक्क रहेको बताउँछन् । सन्दिपले टोलीमा स्थानीय र बाहिरका खेलाडीको राम्रो समन्वय रहेको  र ब्याटिङ् बलिङ् दुबैमा सन्तुलित रहेकोले आफ्नो टोली उपाधीको मुख्य दाबेदार रहेको बताए । उनले भने,’ हामीले पहिलो खेलमा नै गोरिल्लाजलाई पराजित गरिसकेको छौ र  हामी आज पनि राम्रो गर्नेमा ढुक्क छौ ।’

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.