7 years ago
April 25, 2018
मुम्बई (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ । कम स्कोरलाई बचाउने गर्ने क्रममा १ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईलाई हैदराबादले १८.५ ओभरमा ८७ रनमा रोक्यो ।
मुम्बईका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । छैटौं खेलमा चौथो जितका साथ हैदराबाद तेस्रो स्थानमा उक्लेको छ । समान ८ अंकको चेन्नई सुपर किङ्स दोस्रो र १० अंकसहित किङ्स ११ पञ्जाब शीर्षस्थानमा छ । छैटौं खेलमा पाँचौ हार बेहोरेको मुम्बईको मात्र २ अंक छ । मुम्बईपछि दिल्ली डेयरडेभिल्स रहेको छ ।
हैदराबादका लागि सिद्धार्थ काउलले ३, रसिद खान र बसिल थम्पीले समान २ तथा सन्दीप शर्मा, मोहम्मद नाबी र सकिब अल हसनले समान १ विकेट लिएपछि मुम्बईले १ सय पनि कटाउन सकेन । मुम्बईका सूर्यकुमार यादवले ३४ र कुर्नाल पाण्डेयले २४ रन जोडेका थिए ।
त्यसअघि टस हारेर ब्याटिङमा कमजोर प्रदर्शन गरेको हैदराबादले १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । टोलीका कप्तान काने विलियम्सन र युसुफ पठानले समान २९ रन बनाएका थिए । २१ बलमा विलिम्यसनले ५ चौका र युसुफले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
मनीष पाण्डेले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुम्बईका मिचेल म्याक्लेघान, हार्दिक पाण्डेय, मंयकं मर्कान्डेले समान २ तथा जसप्रित ब्रुमराह र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए ।
आइपिएलमा बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । अंकतालिकाको दोस्रो स्थानमा रहेको चेन्नईको ८ अंक छ । टोलीले ५ खेलमा ४ खेलमा जित र १ मा हार बेहोरेको छ । त्यत्ति नै खेलमा २ जित र ३ हारका साथ बैंगलोरको ४ अंक छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]