7 years ago
April 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ ।
आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातै प्रदेशको छनोट सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष ठाकुर गैरे बताए । प्रतियोगिता कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा बिहीबारदेखि सुरु हुँदैछ ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । खेल ३० ओभरको हुनेछ । प्रतियोगिताका सहभागी खेलाडीले सेतो रंगको जर्सी र ट्राउजर लगाउने र रातो बल खेलाइने बताइएको छ । प्रतियोगिताको समूह एमा प्रदेश नं २,४,५ र ७ तथा समूह बीमा प्रदेश नं १, ३ र ६ रहेका छन् ।
पहिलो प्रयासमा प्रदेशमा छनोट गराएर राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको उल्लेख गर्दै सेन्टका अध्यक्ष गैरेले भने, ‘अर्को वर्षदेखि प्रदेशमा पनि अलग अलग छनोट प्रतियोगिता गराएर त्यहाँको च्याम्पियन टोलीलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ । ‘
यस पटकको छनोटमा झन्डै १२ खेलाडीको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै गैरेले त्यसले नेपालमा क्रिकेटको भविष्य राम्रो भएको संकेत गरेको बताए । ‘क्रिकेटमा लगानी गर्न हामी सरकारसँग पनि विशेष आग्रह गर्न चाहन्छौं,’ उनले भने, ‘सम्भव भयो भने यो खेलको विकासका लागि हामी एकेडेमी स्थापना गरेर अघि बढ्ने योजनामा छौं ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले सानो उमेरको प्रतियोगिताले भविष्यमा राष्ट्रिय टोली निर्माणका लागि सहज हुने विश्वास व्यक्त गरे । यस्तो प्रतियोगिता अत्यन्तै आवश्यक छ । यस्तै उमेर समूहबाट भविष्यमा राष्ट्रिय टोली तयार हुने हो ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उद्घाटन खेल बिहबिार प्रदेश नं १ र ३ बीच हुनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]