default_image

7 years ago

April 24, 2018

पञ्जाब आइपिएलको शीर्षस्थानमा, सन्दीप दिल्लीको छैटौं खेलमा बाहिर

67 views

0 Bookmark

दिल्ली (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा सोमबार दिल्ली डेयरडेभिल्सलाई ४ रनले हराएको छ । पाँचौं जितपछि पञ्जाब शीर्षस्थानमा उक्लेको छ ।

६ मध्ये १ खेल गुमाएको पञ्जाबको १० अंक छ । पुछारमा रहेको दिल्लीले ६ मध्ये ५ खेल गुमाएको छ । नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि अवसर पाएनन् । १ सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनमा रोकियो ।

अन्तिम बलमा जितका लागि दिल्लीलाई जितको लागि ६ रनको आवश्यकता थियो । तर, त्यहि बलमा विकेट गुमाउँदै दिल्ली दोस्रो जितबाट बञ्चित भएको थियो । श्रेयस एयरले अर्धशतक बनाएपनि अन्य ब्याट्सम्यानले उल्लेख प्रदर्शन गर्न सकेनन् ।

श्रेयसले ४५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । राहुल टिवाटियाले २४, पृथ्वी शाहले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पञ्जाबका अंकित राजपुत, एन्ड्रयू टे र मुजिब उर रहमानले समान २ र बरिन्द्र श्रनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । करुन नायरले ३४ टोलीका लागि सर्वाधिक ३४ रन बनाएको खेलमा डेभिड मिल्नरले २६, लोकेश राहुलले २३, मयंक अग्रवालले २१, युवराज सिंहले १४ रन जोडे ।

दिल्लीका लियम प्लङकेटलृ ३, ट्रेन्ट बोल्ट र अभेष खानले समान २ तथा डानियल क्रिस्टियनले १ विकेट लिएका थिए । आइपिएलमा मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । हैदराबादले ५ खेलमा ३ जित र २ खेलमा हार बेहोरेको छ भने ५ खेलमा ४ खेल गुमाएको मुम्बईले १ मात्र खेलमा जित हासिल गरेको छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.